गभर्नर नियुक्तिमा राजनीतिक भागबण्डा होइन,आर्थिक समझदारीलाई प्राथमिकता दिइयोस्ः उद्योग संगठन मोरङ


गभर्नर नियुक्तिमा राजनीतिक भागबण्डा होइन,आर्थिक समझदारीलाई प्राथमिकता दिइयोस्ः उद्योग संगठन मोरङ

नेपाल राष्ट्र वैंकको नया गभर्नर नियूक्तिको प्रकृया नेपाल सरकारले प्रारम्भ गरेसंगै नीजि क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले समग्र अर्थतन्त्रको विकास तथा उद्योग व्यवसाय क्षेत्रको विकासको गतिलाई तिव्र वनाउन अनुमानयोग्य नीतिगत सुधार गर्न सक्षम नेतृत्व नेपाल राष्ट्र वैंकले पाउने संगठनले अपेक्षा लिएको जनाएको छ । 

विगत केही वर्ष देखि अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको उदाशिनतालाई मध्यनजर गरी आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएका देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याज दरको निर्धारण, वित्तीय स्थिरता जस्ता विषयले औद्योगिक र आर्थिक क्षेत्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई गभर्नर नियूक्ति गर्नुपर्नेमा संगठनले जोड दिएको छ ।  

Read More