बिमा प्राधिकरण अध्यक्ष ओझाको योग्यताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश


बिमा प्राधिकरण अध्यक्ष ओझाको योग्यताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

नेपाल बिमा प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज अध्यक्ष ओझाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। योसँगै अध्यक्ष ओझाले कामलाई निरन्तरता दिन पाउने भएका छन्।

चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई छलफलमा डाकेको छ।

Read More