ऐनलाई लत्याउँदै गभर्नर नियुक्तिमा ढिलाइ


ऐनलाई लत्याउँदै गभर्नर नियुक्तिमा ढिलाइ

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्थालाई लत्याउँदै सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गरेको छ ।

बहालवाला गभर्नरको कार्यकाल पूरा हुनु एक महिनाअगावै गभर्नर नियुक्ति गरेर सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था ऐनमा भए पनि प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेकको सम्मेलनमा सहभागी हुन बैंकक पुगेका छन् ।

पदावधि सकेपछि कामु गभर्नर तोक्ने प्रावधान नै छैन

नेपाल राष्ट्र बैंक ऐनको दफा २५ मा ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतः एक महिनाअगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ’ भनी उल्लेख गरिएको छ ।

बहालवाला गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी २४ चैतबाट सकिँदै छ । उनको कार्यकाल सकिन अब केही दिन मात्रै बाँकी रहेको अवस्थामा गभर्नर नियुक्ति सिफारिस समितिको बैठकसमेत बस्न सकेको छैन ।

Read More