ट्रम्पको शुल्क वृद्धिले विश्वका १० ठूला कम्पनीहरुको बजार मूल्यमा ३ वर्ष यताकै ठूलो गिरावट


ट्रम्पको शुल्क वृद्धिले विश्वका १० ठूला कम्पनीहरुको बजार मूल्यमा ३ वर्ष यताकै ठूलो गिरावट

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कका कारण विश्वका ठूला कम्पनीहरुको मार्केट भ्याल्यूमा भारी गिरावट आएको छ । सन् २०२५ को पहिलो त्रैमासमा विश्वका ठूला कम्पनीहरुले बजार मूल्यमा लगभग ३ वर्षयताकै सबैभन्दा ठूलो त्रैमासिक गिरावट आएको रोयटर्सले लेखेको छ । ट्रम्पको शुल्कका कारण अमेरिकामा मन्दीको चिन्ता पनि बढिारहेको छ ।

लन्डन स्टक एक्सचेन्ज ग्रुपको तथ्यांकलाई उद्धृत गर्दै सन् २०२५ को पहिलो त्रैमासको अन्त्यमा विश्वका शीर्ष १० कम्पनीहरुको बजार मूल्य १३.२ प्रतिशतले घटेर १८.६४ ट्रिलियन डलरमा आएको रोयटर्सले लेखेको छ । उक्त गिरावट सन् २०२२ को जुन महिनापछिको सबैभन्दा ठूलो गिरावट हो । प्रविधि क्षेत्रका स्टकहरुमा लामो समयसम्मको वृद्धि समग्र सेयर बजार सूचक वृद्धिको प्रमुख चालक रहेका थिए । तर अत्यधिक एआई लगानी, महँगो मूल्यांकन र अनिश्चित नाफाको चिन्ताले बजार सतर्कता निम्त्याएका कारण गति गुमाएको छ ।

Read More