नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाएर आयातमा ५ प्रतिशत अन्तशुल्क मात्र लगाउन माग गरेका छन्।
मंगलबार महासंघको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर आयात गरेको खुकुराको मासुमा पाँच प्रतिशत अन्त शुल्क लाग्ने गरेकोमा अहिले भने नेपालमा उत्पादित कुखुराको मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने गरेकोमा त्यो शंसोधन गर्न माग गरेका छन्।


