नेपाल राष्ट्र बैंकले उच्च निगरानीमा राखेका एक दर्जनभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीको वित्तीय अवस्था कमजोर बन्दै गएको पाइएको छ।
केन्द्रीय बैंकको पछिल्लो दोस्रो त्रैमासिक अध्ययनले यीमध्ये केही विकास बैंकको अवस्थामा सामान्य सुधार देखिए पनि फाइनान्स कम्पनीहरूको अवस्था झन् बिग्रिएको जनाएको छ।
राष्ट्र बैंकले गत पुस १० मा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएपछि पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकसहितका संस्थालाई निगरानीमा राखेको छ।


