डिजेल र मट्टीतेलको मूल्य घटाइयो, पेट्रोल यथावत


डिजेल र मट्टीतेलको मूल्य घटाइयो, पेट्रोल यथावत

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा कटौती गर्दै मंगलबारदेखि नयाँ मूल्य लागू गर्ने भएको छ। भारतबाट आयात हुने इन्धनको लागत घटेसँगै निगमले प्रतिलिटर २ रुपैयाँले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो।

यससँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ, जुन यसअघि १५१ रुपैयाँ रहेको थियो।

Read More