गभर्नर नियुक्ति प्रक्रिया चलिरहँदा अर्थले हटायो उमेर हद


गभर्नर नियुक्ति प्रक्रिया चलिरहँदा अर्थले हटायो उमेर हद

१८ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आफू मातहत निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाएको छ ।

यसअघि मन्त्रालय मातहत नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद आवश्यक हुने रहेकोमा अब उमेर हद हटाइएको हो ।

सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति समेत गठन गरिसकेको अवस्थामा ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गरेको छ ।

Read More