आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल विक्री


आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल विक्री

झापा, १८ चैतः कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई विक्री गरेको छ । झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए । 

उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिकटन मल मौज्दात रहेको छ । जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र ५८५ मेट्रिक टन पोटास मल विक्री गरिसकेको कम्पनीले जनाएको छ । 

Read More