काठमाडौँ । ब्रोकर कम्पनीहरू मर्ज हुने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१ जारी गरेसँगै ब्रोकर कम्पनी मर्जरमा जान सक्ने बाटो खुलेको हो ।
धितोपत्र बोर्डले २०७९ सालमा दिइएको नयाँ ब्रोकर लाइसेन्स खुला गरेको थियो । नयाँ लाइसेन्स खोल्दा बोर्डले पुराना ब्रोकर कम्पनीहरू पनि तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्नु निर्देशन थियो । बोर्डको निर्देशन आगामी असार मसान्तमा सकिँदै थियो ।


