प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक


प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेको जानकारी गराएका हुन्।

प्रधानमन्त्रीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायत सरकार र सदन सञ्चालनका बारेमा छलफल हुने जनाइएको छ।

Read More