सेबोनद्वारा धितोपत्र व्यवसायी मर्जर–एक्विजिसनसम्बन्धी निर्देशिका–२०८१ जारी, के–के छन् व्यवस्था ?


सेबोनद्वारा धितोपत्र व्यवसायी मर्जर–एक्विजिसनसम्बन्धी निर्देशिका–२०८१ जारी, के–के छन् व्यवस्था ?

काठमाडौं : नेपाल धितोपत्र बोर्डले शुक्रबार धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ । बोर्डले चैत १३ गते बैठक बसी उक्त निर्देशिका लागू गरिएको जानकारी गराएको छ । धितोपत्र दलाल वा धितोपत्र व्यावसायी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न उक्त निर्देशिका लागू गरिएको बोर्डले जनाएको छ ।

निर्देशिकामा मर्जर तथा एक्विजिसनका लागि सैद्धान्तिक सहमति, सम्पति तथा दायित्व मूल्यांकन, अन्तिम सम्झौता, अन्तिम स्वीकृति प्रदान गर्नेलगायत व्यवस्थाहरु रहेका छन् । साथै, मर्जर तथा एक्विजिसनपछिको एकीकृत कारोबार, कारोबार रोक्का, शाखा सञ्चालनलगायत सम्बन्धी व्यवस्था पनि निर्देशिकामा समेटिएको छ ।

Read More