बैंक तथा वित्तीय संस्थाबाट सुनचाँदी धितो राखेर प्रवाह हुने कर्जा बढेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर ६३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
एक वर्षमा सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा ३१.६४ प्रतिशतले बढेको हो ।
२०८० माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बैंकहरुले सुनको बजार मूल्यका आधारमा नियम अनुसार धितो मूल्यांकन गरेर ग्राहकहरुलाई कर्जा दिने गर्दछन् । एक वर्षको अवधिमा ४ वाणिज्य बैंकको यस शीर्षकमा कर्जा प्रवाह घटेको छ भने १० वटा बैंकको बढेको छ । यसअवधिमा ६ वटा वाणिज्य बैंकले भने सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् ।


