यसअघि नेपाल राष्ट्र बैंकमा चार खर्ब रूपैयाँसम्म राखेका बैंकहरूले बुधबारसम्म यसरी राखिएको रकम दुई खर्बभन्दा कम देखिएको छ।
बैंकमा बढी पैसा हुँदा तान्न र आवश्यक पर्दा पठाउने गरी राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरण जारी गरिरहेको हुन्छ।
पछिल्लो समय बैंकहरूले कर्जा लगानी गर्न नसकिरहेको कारण धेरै भएको रकम राष्ट्र बैंकले तानिरहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेर बचेको रकम राष्ट्र बैंकमा राख्छन्। अहिले यसरी राखिने रकम कम हुँदै गएको देखिएको हो। यसले बैंकहरूको कर्जा प्रवाह विस्तारै बढ्दै गएको संकेत गर्छ।


