पूर्वबजेट छलफलमा मन्त्रालयहरूसँग अर्थमन्त्रीले मागे ‘स्मार्ट’ कार्यक्रम तथा योजना

पूर्वबजेट छलफलमा मन्त्रालयहरूसँग अर्थमन्त्रीले मागे ‘स्मार्ट’ कार्यक्रम तथा योजना

१४ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सकेको छ ।

सोही क्रममा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल भएको छ । मन्त्रालयहरूसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

Read More