राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर


राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ५ करोड ७ लाख ९४ हजार ९८२ रुपैयाँ राजस्व चुहावटको माग दाबीसहित वीरगञ्जका दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको हो।

अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर–७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ १ करोड ६५ लाख ६० हजार ५९३ रुपैयाँ र मूल्यअभिवृद्धि करतर्फ ५८ लाख ३७ हजार ६८३ रुपैयाँ गरी कूल २ करोड २३ लाख ९८ हजार २७६ रुपैयाँ बिगो कायम गरिएको उनले जानकारी दिए।

उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने ४ करोड ४७ लाख ९६ हजार ५५३ रुपैयाँ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको हो।

Read More