काठमाडौँ — बारा र पर्सास्थित औद्योगिक करिडोर र उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेका छन् । बाराको अमलेखगन्ज तथा प्रसौनी र पर्साको वीरगन्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेका हुन् ।
सबस्टेसन र प्रसारण लाइन निर्माण सक्दो छिटो सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले निर्देशन दिएको छ । वीरगन्ज क्षेत्रको विद्युत् माग, आपूर्ति व्यवस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्त्वपूर्ण रहेको प्राधिकरणको भनाइ छ ।

