प्रतिकिलो ६५ रुपियाँले घट्यो रिट्ठाको भाउ, किसान मारमा


प्रतिकिलो ६५ रुपियाँले घट्यो रिट्ठाको भाउ, किसान मारमा

बैतडी, चैत १४ गते । चार वर्षदेखि अकासिएको रिट्ठाको भाउ यो वर्ष  दोब्बरले घटेको छ ।  लगातार पाइरहेको भाउ एक्कासि घटेपछि कृषकहरू निराश भएका  छ ।  यो वर्ष स्थानीय बजारमा प्रति किलो २५ रुपियाँमा रिट्ठा खरिद भइरहेको स्थानीय सङ्कलनकर्ता वीरेन्द्र भट्टले बताउनुभयो । विगतका अघिल्लो वर्षहरूमा रिट्ठा ९० रुपियाँ प्रतिकिलोमा विक्री हुने गरेकाे थियो । 

बैतडीका गोकुलेश्वर, खोचेलेक, खोड्पे, सतबाज, सिल्लेगडा, पाटन,  मेलौली, देहिमाण्डौ, श्रीभावरलगायतका क्षेत्र व्यापारीले बढी मात्रामा रिट्ठा सङ्कलन गर्ने बजार हुन । यस्तै दार्चुलाको गोकुलेश्वर, पस्ती र लटिनाथसम्म रिट्ठा सङ्कलन बढी हुने गरेको केदार भूमिराज ट्रेड एन्ड सप्लायर्सका सञ्चालक भट्टले बताउनुभयो  । 

Read More