आक्रामक रुपमा व्यवसाय विस्तार गर्दै लघु बीमा कम्पनीहरु, जीवनले ११ सय २८ र निर्जीवनले ४ सय ६१ प्रतिशत व्यापार विस्तार


आक्रामक रुपमा व्यवसाय विस्तार गर्दै लघु बीमा कम्पनीहरु, जीवनले ११ सय २८ र निर्जीवनले ४ सय ६१ प्रतिशत व्यापार विस्तार

हालै मात्रै आइपीओ निष्काशन गरेका र गर्न लागेका लघु बीमा कम्पनीहरुको व्यापार ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । 

तथ्यांक अनुसार लघु जीवन बीमा कम्पनीको प्रिमियम संकलन ११ सय २८ प्रतिशतले र निर्जीवन लघु बीमा कम्पनीको प्रिमियम संकलन ४ सय ६१ प्रतिशतले बढेको छ । कम्पनीको प्रिमियम निवर्तमान बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले लघु बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिएर अहिले धमाधम आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् ।

अहिलेसम्म लघु जीवन बीमा कम्पनीबाट २ वटा गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफ तथा निर्जीवन लघु बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गरिसकेका छन् । त्यसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएर कारोबार समेत भइसकेको छ । न्यून चुक्ता पुँजीका कारण कम्पनीको शेयर मूल्य अहिले २२ सय रुपैयाँभन्दा माथिल्लो तहमा कारोबार भइरहेको छ ।

Read More