चैत १३ गते बुधबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?


चैत १३ गते बुधबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?

चैत १३ गते बुधबार, चैत्र कृष्णपक्ष द्वादशी तिथि

मेष
कर्मक्षेत्रमा प्रगति हुने र आर्थिक लाभको शुभ अवसर प्राप्त हुनेछ।

वृष
सामाजिक, वैदेशिक र शैक्षिक क्षेत्रहरूमा उल्लेखनीय प्रगति हुने समय छ।

मिथुन
काम र व्यवसायमा प्रशासनिक समस्याहरू आउन सक्छन्, जसका कारण आर्थिक हानि हुन सक्छ। सचेत रहनु अत्यन्त आवश्यक छ।

कर्कट
साथीभाईको सहयोगले कामहरू सहज ढंगले सम्पन्न हुनेछन्। व्यवसायबाट राम्रो नाफा प्राप्त गर्न सकिन्छ।

सिंह
आर्थिक समस्याहरू समाधान हुने र नयाँ लगानी वा व्यापारिक लेनदेन सम्भव हुने समय छ।

कन्या
बौद्धिक कार्यहरू सामान्य रहनेछन्।  वैदेशिक क्षेत्रबाट सामान्य लाभ मिल्नेछ।

तुला
अनावश्यक खर्च बढ्न सक्ने र अप्रत्यक्ष समस्याले काममा अवरोध ल्याउन सक्छ।

वृश्चिक
सामाजिक कार्यमा रुचि बढ्नेछ। जसले मानसम्मान र कार्यस्थलमा पदोन्नति ल्याउन सक्छ।

धनु
शत्रुहरूको प्रभाव बढ्न सक्ने र समयमै लेनदेन नगर्नाले समस्या निम्त्याउन सक्छ।

मकर
उपहार, सम्मान, र पुरस्कार प्राप्त हुने सम्भावना छ, साथै आम्दानीमा वृद्धि हुने समय छ।

कुम्भ
खर्चमा वृद्धि हुने र नयाँ लगानीमा घाटा हुन सक्ने सम्भावना छ।

मीन
आर्थिक क्षेत्रमा रोकावट हट्नेछ र आम्दानीमा वृद्धि हुनेछ।