काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ मंगलबार लगातार पाँचौं दिन बढेको छ । अमेरिकाले भेनेजुएलाको कच्चा तेल किन्ने देशहहरुमा भन्सार शुल्क लगाउने घोषणा गरेपछि विश्वव्यापी आपूर्ति कडा हुन सक्ने अपेक्षामा मंगलबार पनि तेलको मूल्य बढेको छ । यद्यपि, ओपेकं प्लसले मे महिनामा उत्पादन वृद्धि गर्ने योजना बनाएका कारण मूल्य वृद्धि मंगलबार सामान्य नै रहेको रोयटर्सले लेखेको छ ।


