काल बन्दै वैदेशिक रोजगारी : साउदीमा ९ महिनामा १ सय ३६ नेपालीको मृत्यु


काल बन्दै वैदेशिक रोजगारी : साउदीमा ९ महिनामा १ सय ३६ नेपालीको मृत्यु

साउदी : वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार  गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो।  नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये  १२१ वटा नेपाल पठाइएको छ। बाँकी १५ शव विभिन्न प्रक्रियामा रहेको र चाँडै नेपाल पठाउने तयारी रहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार मृत्युको कारण अनेक भएपनि प्राकृतिक दुर्घटनामा परी ज्यान गुमाउनेहरू सबैभन्दा बढी छन्।  दूतावासका अनुसार कार्य दुर्घटनामा १६ जना ,प्राकृतिक दुर्घटनामा ७० जना,अज्ञात कारणबाट १० जना, आत्महत्यामा १६ जना,ट्राफिक दुर्घटनामा २१ जना ,पानीमा डुबेर  १ जना र एस्फिक्सिया २ जना नेपालीको मृत्यु भएको खुलेको छ। 

Read More