चैत १२ गते मङ्गलबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?


चैत १२ गते मङ्गलबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?

चैत १२ गते मङ्गलबार, चैत्र कृष्णपक्ष एकादशी तिथि

मेष
धन कमाउने अवसर प्राप्त हुनेछ। पारिवारिक मिलनमा समय बित्नेछ, जसले मनलाई शान्ति र खुशी दिनेछ।

वृष
बौद्धिक काममा लाभ मिल्ने सम्भावना छ। सामाजिक, धार्मिक र परोपकारी गतिविधिहरूमा पनि फाइदा प्राप्त गर्न सकिन्छ।

मिथुन
काम र व्यवसायको क्षेत्र सामान्य रहनेछ। पारिवारिक खर्चमा वृद्धि हुने सम्भावना छ।

कर्कट
साथीभाई र सहकर्मीहरूको सहयोग मिल्नेछ। पारिवारिक खुशीमा सहभागी भएर मन प्रसन्न रहनेछ।

सिंह
काम र व्यवसायको क्षेत्र राम्रो देखिन्छ। आफन्त र साथीभाइसँगको भेटघाटले मनमा खुशी ल्याउनेछ।

कन्या
आज काम र व्यवसायमा सकारात्मक दृष्टिकोण निर्माण हुनेछ। छोटो यात्रा पनि गर्न सकिन्छ।

तुला
स्वास्थ्यमा केही कमजोरी अनुभव हुन सक्छ। परिवारिक खर्चमा वृद्धि हुने सम्भावना छ।

वृश्चिक
दाजुभाई र आफन्तसँग रमाइलो समय बिताउने अवसर छ। काम र व्यवसायको क्षेत्र सामान्य रहनेछ।

धनु
आज खर्च केही बढ्ने भए पनि मन प्रसन्न रहनेछ। पारिवारिक वातावरणले खुशी र शान्ति ल्याउनेछ।

मकर
स्वादिष्ट भोजन र पारिवारिक सुखको अनुभव हुने समय छ।

कुम्भ
स्वास्थ्य केही कमजोर रहे पनि मनमा खुशी र प्रसन्नता रहनेछ।

मीन
आज आम्दानी हुने सम्भावना छ। साथै, आफन्तसँग भेटघाट र भलाकुसारीको राम्रो समय हुनेछ।