घरजग्गा व्यवसायीले 'इन्भेष्टमेन्ट कम्पनी' खोलेका छन्।
बैंक तथा वित्तिय संस्थामा कर्जा लिन झण्झट भएको भन्दै व्यवसायीले आफैं पुँजी संकलन गरेर इन्भेष्टमेन्ट कम्पनी खोलेका हुन्।
नेपाल जग्गा तथा आवास विकास महासंघको शुक्रबार रूपन्देहीमा भएको नियमित बैठकले इन्भेष्टमेन्ट कम्पनी खोल्ने निर्णय गरेको महासंघका अध्यक्ष विष्णु घिमिरेले जानकारी दिए।
'हामी बैठक बसेर कम्पनीले खोल्ने निर्णय गर्यौं,' उनले भने, 'कम्पनीमा पुँजी संकलन गर्न पनि सुरू भइसक्यो।'
उनका अनुसार प्रतिव्यक्ति एक लाखको दरले पुँजी संकलन गरिएको छ। शुक्रबार मात्रै एक सय जनाबाट प्रतिव्यक्ति एक/एक लाखको दरले एक करोड रूपैयाँ संकलन भएको छ।


