काठमाडौं : सूचना प्रविधिको जालो जति झ्याँगिँदै छ, यसको व्यवस्थापनमा पनि त्यति धेरै चुनौतीहरू थपिँदै छन्। नेपालमा मात्रै होइन विश्वभरि नै राम्रो सफ्टवेयरको सेवा दिने कम्पनीको खडेरी नै लागेको छ। उपभोक्तामुखी सेवा दिएर सफ्टवेयर वितरण गर्न सक्ने र उपभोक्ताको चाहना बमोजिमको सफ्टवेयर बनाइदिने सेवा प्रदायकहरू थोरै मात्रै छन्।
आधुनिक विश्वलाई चाहिएअनुसारको सेवा प्रवाह गर्दै अहिलेको सूचना प्रविधिको बढ्दो विकाससँगै अन्तर्राष्ट्रिय स्तरको सेवा पनि पनि दिने र आफू पनि अघि बढ्ने उद्देश्यका साथ दुई वर्षअगाडि अमेरिकाको टेक्सस र नेपालको पोखराबाट एकैसाथ सफ्टअपको सुरुआत भएको थियो।


