चैत ११ गते सोमबार, चैत्र कृष्णपक्ष दशमी तिथि
मेष
साथी र परिवारका सदस्यहरूबाट सहयोग प्राप्त हुने सम्भावना छ।
वृष
काममा केही अवरोध र झमेलाको सामना गर्नुपर्नेछ।
मिथुन
महत्वपूर्ण कार्यहरू पूरा हुनेछन्। व्यवसायमा राम्रो लाभ कमाउन सकिन्छ।
कर्कट
व्यापार र व्यवसायबाट राम्रो आम्दानी हुने समय छ। साथै, जग्गा खरिद वा लगानीको लागि पनि आजको दिन अनुकूल छ।
सिंह
सामाजिक र शैक्षिक कार्यमा संलग्न व्यक्तिहरूले राम्रो लाभ र प्रतिष्ठा प्राप्त गर्न सक्छन्।
कन्या
कामबाट अपेक्षित प्रतिफल र आत्मसन्तुष्टि नपाउन सकिन्छ, साथै खर्च पनि बढ्न सक्छ।
तुला
कामको माध्यमबाट उचित पुरस्कार र सम्मान प्राप्त हुनेछ। आम्दानीमा वृद्धि हुनेछ।
वृश्चिक
आम्दानी सामान्य रहन सक्छ र काम वा व्यवसायमा मध्यम प्रगति हुनेछ।
धनु
नयाँ काम वा व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ र पहिले गरिएका प्रयासहरू सफल रहने सम्भावना छ।
मकर
काममा स्थिरता कम हुन सक्छ र धनको खर्च बढ्न सक्नेछ। नजिकका व्यक्तिहरूबाट विश्वासघात वा असहयोगको सामना गर्नुपर्ने हुन सक्छ।
कुम्भ
गुमेको धन फिर्ता आउने संभावना छ र काममा नाम र प्रतिष्ठा बढाउने अवसर प्राप्त हुनेछ।
मीन
नयाँ कामको सुरु वा पुरानो काममा पदोन्नतिको अवसर प्राप्त हुनेछ।


