निर्जीवन बिमा कम्पनीहरुको बिमा शुल्क आम्दानी २८ अर्ब ६० करोड बढी, कुनको कति ?


निर्जीवन बिमा कम्पनीहरुको बिमा शुल्क आम्दानी २८ अर्ब ६० करोड बढी, कुनको कति ?

काठमाडौं : निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा साढे २८ अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको फागुन मसान्तसम्मको तथ्यांक अनुसार १४ निर्जीवन बिमा र ४ वटा लघु बिमा कम्पनी गरी १८ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल २८ अर्ब ६० करोड ८४ लाख ६३ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् । 

फागुन मसान्तसम्ममा १४ बिमा कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख ५१ हजार रुपैयाँ र ४ वटा लघु निर्जीवन बिमा कम्पनीहरुले ५७ करोड ९६ लाख १२ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनीले ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

Read More