वीरगञ्ज क्षेत्रमा विद्युत आपूर्तिका लागि तीन सबस्टेसन निर्माण अन्तिम चरणमा


वीरगञ्ज क्षेत्रमा विद्युत आपूर्तिका लागि तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ता माझ पर्याप्त विद्युत आपूर्तिका लागि तीन वटा सबस्टेसनहरूको निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरूको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको हो।

बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।  

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिटो सक्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए। 

Read More