काठमाडौं । बन्दीपुर केवल कार एण्ड टुरिजम लिमिटेडले वैखाख ६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बन्दीपुर परियोजना प्राङ्गण, तनहुमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको आईपीओ निष्कासन प्रस्तावलाई यथावत राखी यथासिघ्र कार्यान्वयनमा ल्याउने प्रस्तावलाई प्राथमिकतामा राखेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । यी प्रस्तावहरुसँगै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । यस कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख ६० हजार कित्ता आईपीओ निष्कासनका लागि गत वर्षको जेठ २२ गते निवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्कासनका लागि प्राप्त निवेदनका सम्बन्धमा बोर्डले आवश्यक सुझाब पेश गरेको अवस्था देखिन्छ ।


