काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफूलाई फाइदा नपुग्ने खालका वैदेशिक सहायता अन्त्य गर्ने घोषणा गरी कार्यान्वयन गरिरहेकै बेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा भने आंशिक अनुमति प्रदान गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायतासम्बन्धी समीक्षा गरिरहेकै बेला र अमेरिकालाई फाइदा नहुने भए कुनै पनि सहयोग नगर्ने भनिरहेकै बेला एमसीए नेपालले केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको जनाएको हो ।


