सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४७ प्रतिशत पुग्दै


सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४७ प्रतिशत पुग्दै

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनको सरकारले नेपालको सार्वजनिक ऋण साढे २ खर्ब थपेको छ ।

ऋण थपिएसँगै नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । चालू आवको सुरुमा २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको सो ऋण आठ महिना अवधिमा मात्रै २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको हो । यो ऋण रकम नेपालको कुल गार्हस्थ उत्पादनको ४६ दशमलव ९१ प्रतिशतबराबर हो ।

२७ खर्बको ऋण नेपालका लागि चिन्ताजनक

नेपालजस्तो अल्पविकसित मुलुकका लागि ऋणको भार कुल गार्हस्थ उत्पादनको ४५ प्रतिशत नाघेपछि चिन्ताजनक संकेतका रूपमा लिने गरिन्छ । विकसित मुलुकका लागि भने कुल गार्हस्थ उत्पादनभन्दा बढी नाघ्नु पनि सामान्य हुन्छ ।

Read More