आठ महिनामा निर्यात व्यापार ५७.२० प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब पुग्यो, सोयाविन तेल मात्रै ४७ अर्ब ९४ करोडको निर्यात


आठ महिनामा निर्यात व्यापार ५७.२० प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब पुग्यो, सोयाविन तेल मात्रै ४७ अर्ब ९४ करोडको निर्यात

पछिल्लो केही महिनादेखि सोयाविन तेल निर्यात ह्वात्तै बढ्दा नेपालको निर्यात व्यापारमै ठूलो अन्तर देखिएको छ । भारतमा सोयाविन तेलको निर्यात बढ्दा समग्र निर्यात व्यापार नै बढेको हो ।

नेपालले ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको सामान निर्यात गर्दा सोयाविन तेल मात्रै ४७ अर्ब ९४ करोड रुपैयाँको निर्यात गरेको हो । भारतले सोयाविन तेल आयातमा लाग्ने भन्सार घटाएपछि नेपालको निर्यातको ग्राफ ह्वात्तै बढ्न थालेको हो । चालु आर्थिक बर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा नेपालको निर्यात व्यापार मात्रै गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले बढेको छ ।

विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको फागुन मसान्तसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको नेपालले चालु आवको सोही अवधिमा बढाएर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ ।

Read More