एसईई आजदेखि, जेलदेखि जापानसम्म परिक्षा संचालन हुँदै, नतिजा असार ७ गते आउने


एसईई आजदेखि, जेलदेखि जापानसम्म परिक्षा संचालन हुँदै, नतिजा असार ७ गते आउने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८२ असार ७ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गरिनेछ । 

परीक्षामा नेपालबाट ५ लाख १४ हजार ७१ र जापानबाट २९ जना विद्यार्थी सहभागी हुने भएका छन् । नेपाल बाहिर जापानमा मात्र एसईई परिक्षा सञ्चालन हुँदैछ ।

यस वर्ष देशभरका २,०८० परीक्षा केन्द्र तोकिएको छ भने जापानमा एउटा मात्र परिक्षा केन्द्र तोकिएको छ । केन्द्रीय कारागार सुन्धारा र दैलेख कारागारमा समेत परीक्षा केन्द्र तोकिएको छ । जिल्लागत रुपमा एसईईमा सबैभन्दा बढी ३९,६०० परीक्षार्थी काठमाडौंबाट सहभागी हुँदैछन् भने सबैभन्दा कम ४३ जना परीक्षार्थी मनाङ जिल्लाबाट परीक्षा दिनेछन् ।

Read More