औद्योगिक क्षेत्रमा दिनको १२ घण्टा लोडसेडिङ


औद्योगिक क्षेत्रमा दिनको १२ घण्टा लोडसेडिङ

काठमाडौँ, विराटनगर, पर्सा — भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि मुलुकका औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ । पछिल्लो समय वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा नेपाल विद्युत् प्राधिकरणले १२ घण्टासम्म बिजुली कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन् । यसले उद्योगको उत्पादनसमेत ५० प्रतिशतसम्म कटौती गर्नुपरेको उनीहरूको गुनासो छ ।

प्राधिकरणले ६६ केभीए र ३३ केभीए प्रसारणलाइनबाट विद्युत् आपूर्ति भएको क्षेत्रमा १२ घण्टा लोडसेडिङ भइरहेको वीरगन्ज उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष माधव राजपालले बताए ।

Read More