पछिल्लो पाँच महिनादेखि हरेक महिना नेपालको अन्तर्राष्ट्रिय व्यापार तीव्र रूपमा बढेको छ।
पछिल्ला दुई आर्थिक वर्ष र चालु वर्षको पहिलो तीन महिनासम्म लगातार घटेको आयात निर्यात अहिले लगातार बढ्न थालेको छ। यसले व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ।
साउनदेखि असोज महिनासम्म समग्र आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको थियो। कात्तिकदेखि बढ्न थालेको व्यापार फागुन मसान्तसम्म आइपुग्दा आयात ११ र निर्यात ५७ प्रतिशतले बढेको छ।


