नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाअन्तर्गत बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सम्पन्न भएको छ।
सर्टलिस्टमा परेका पाँचै उम्मेदवार चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालले अर्थ मन्त्रालय पुगेर अन्तर्वार्ता दिएका छन्।
अब सिफारिस समितिले अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणको मूल्यांकन गरेर तीन जनाको नाम सिफारिस गर्नेछ। मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई नेप्सेको नयाँ सीईओको रूपमा नियुक्त गर्नेछ।

