अमिताभ बच्चनले शेयर बजारमा गरिएको गल्तिबाट यसरी पाठ सिकेर बने सफल लगानीकर्ता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अमिताभ बच्चनले शेयर बजारमा गरिएको गल्तिबाट यसरी पाठ सिकेर बने सफल लगानीकर्ता

अमिताभ बच्चनलाई भारतीय फिल्मी क्षेत्रमा "बिग बी"को नामबाट चिनिन्छ तर उनले शेयर बजारमा लगानी गर्दा गरिएको गल्तिबाट कसरी पाठ सिके भन्ने बारेमा कमैलाई थाहा होला। आज हामी तिनै चर्चित फिल्मी अभिनेताको सफल शेयर कारोबारका बारेमा चर्चा गर्न गईरहेका छौं।

भारतीय मिडियाले प्रवाह गरेका विवरणहरुका अनुसार  जुलाई २०११ मा अमिताभले बिरला  प्यासिफिक मेडस्पाको आईपीओमा लगानी गरे।

उक्त कम्पनी स्पासँग सम्बन्धित व्यवसायमा क्रियाशील रहेको थियो। उनले बिरला कम्पनीको १६ लाख ७५ हजार कित्ता शेयर १० रुपैयाँका दरले एक करोड ६७ लाख भारतीय रुपैयाँमा किनेका थिए।              

सूचीकरण भएको केही समयमा नै उक्त कम्पनीको शेयर मूल्य लगानीको तीन गुणाले बढेर उक्त समयको सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । तर धेरै मूल्य बढेको बेला उनले शेयर बेचेनन्, पछि त्यो कम्पनीको  शेयर मूल्यहिन नै बन्नपुग्यो । केही समय अघि त्यसको मूल्य प्रतिकित्ता २८ पैसामा झरेको थियो । त्यसबाट घाटा खाएपछि अमिताभले कम्पनी बदले । 

त्यसपछि उनले फाइनोटेक्स केमिकल्समा लगानी गरे । प्रतिशेयर ७२ रुपैयाँ रहेको उक्त कम्पनीको आईपीओको मूल्य कुनै समय ३५० रुपैयाँसम्म पुग्यो । पछि कम्पनीको शेयर मूल्य घट्दै गएसँगै अमिताभले यो कम्पनीमा लगानी थप गर्ने राम्रो अवसर भएको भन्दै प्रतिशेयर १५० देखि १७० को बीचको मूल्यमा तीन लाख कित्ता शेयर खरिद गरे । उनले त्यसमा पाँच गुणासम्म नाफा गरेर शेयर बेचे ।  पछि त्यसको मूल्य प्रतिकित्ता ४२ रुपैयाँसम्म झर्यो । 

शेयर बजारका साथसाथै उनले आफ्ना ब्यवसायहरुमा पनि लगानी गरे । 

 असफलतासँगै पाठ सिकेर उनले न्यूल्याण्ड ल्याब्समा ९२ हजार ३० कित्ता शेयर खरिद गरे ।  ४ वर्षमा उक्त शेयरले ८ सय प्रतिशत लाभ दिइसकेको थियो । उनले तीन गुणा नाफामा त्यो शेयर  पनि बेचे । उनले दुई करोड ९५ लाखमा किनेको शेयर १४ करोड ४९ लाखमा बेचे । 

फाईनान्सियल एक्सप्रेसका अनुसार   जस्टडायलको ब्रान्ड एम्बेस्डर भएसँगै उनले प्रतिकित्ता १० रुपैयाँको दरमा ६२ हजार ७९४ कित्ता शेयर खरिद गरे । सन् २०१४ मा त्यो शेयरको मूल्य प्रतिकित्ता एक हजार आठ सयसम्म पुगेको थियो तर उनले त्यो शेयर पनि त्यतिबेला बेचेनन् । यदि बेचेको भए उनलाई कयौं गुणा नाफा भईसकेको हुन्थ्यो । पछि त्यसको पनि मूल्य घट्दै गयो र प्रतिकित्ता ४ सय १४  सम्ममा  झर्यो । 

उनले २०१४ मा स्टम्पेड क्यापिटलको ८८ रुपैयाँ प्रतिकित्ताको दरले  एक लाख १० हजार कित्ता शेयर खरिद गरेका थिए । यसमा उनलाई एक बर्षमा नै ४८० प्रतिशत फाईदा भएको थियो । अमिताभसँग रहेको सो क्यापिटलको ८ लाख ४७ हजार कित्ता शेयरको मूल्य ४३ करोड कायम भएको थियो ।  सन् २०१५ मा ५२० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको  त्यो शेयरलाई १० रुपैयाँ ईकाईमा एक कित्ता बराबर १० कित्तामा विभाजन गरियो र प्रतिकित्ता ६ रुपैयाँ ४६ पैसा कायम भयो भने एक कित्ता बराबर ४ कित्ता बोनस आयो ।  २०१९ मा आइपुग्दा उक्त कम्पनीको शेयर मूल्य २२ रुपैयाँको हाराहारीमा कायम भयो । 

सन् २०१५ ताका साना पूँजीका कम्पनीहरुको छनौटमा अमिताभले राम्रो नाफा हाँसिल गरेको कुरा राकेश झुनझुनवालाले आफ्नो ब्लगमा लेखेका छन् । 

सन् २०१९ को मार्चसम्ममा अमिताभले अधिकांश ठूला कम्पनीको शेयर बेचेको र हाल उनीसँग स्टम्पेड क्यापिटलको मात्र शेयर रहेको बताईएको छ  ।

सोले फिल्मबाट भारतीय सिने जगतमा उदाएका ७८ बर्षीय सुपर स्टार अमिताभले २ सय २३ भन्दा बढी फिल्ममा नायकत्व निभाईसकेका छन् । शेयर बजारबाट पनि राम्रो नाफा कमाउँनेमा उनी पर्छन । 

Read More
  • MBL - below news