काठमाडौँ । चोरी पैठारी वा निकासीबाट भन्सारमा आएका सवारीसाधन भन्सार अधिकृतले मूल्य कायम गरी लिलाम वा बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा मंगलबार भएको भन्सार विधेयकमाथिको दफाबार छलफलमा सोसम्बन्धी दफालाई समितिले सर्वसहमतिले पारित गरेको हो ।
भन्सार विधेयकको दफा ११३ अनुसार कब्जामा लिएको सवारीसाधनको व्यवस्थापन सम्बन्धमा समितिले चोरी पैठारी वा निकासीबाट भन्सारमा आए भन्सार अधिकृतले मूल्य कायम गरी लिलाम वा बिक्री गर्ने पाउने व्यवस्था गरिएको हो ।


