टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिसरमा राखिएको एउटा कन्टेनरको पछिल्लो भागमा लेखिएको छ यो सायरी । यस कन्टेनरका चालक हुन्, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा । यस कन्टेनरलाई सोमबार राति ११ बजे काठमाडौंस्थित टोखाको झोरबाट नियन्त्रणमा लिइएको थियो । कन्टेनरसँगै यसका चालक कुसाङलाई समेत पक्राउ गरिएको थियो । उनी केही समयदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा डेरा गरी बस्दै आएका थिए । सो कन्टेनर उनकी आमाको नाममा रहेको छ ।


