काठमाडौं : मुलुकले तिर्न बाँकी ऋण रकम करिब २७ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिना अर्थात फागुन मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । चालु आर्थक वर्षको सुरुमा नेपालको सार्वजनिक ऋण २६ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । त्यसयताको ८ महिनामा थप २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ ऋण बढेको तथ्यांकले देखाएको छ ।


