डलर महँगिएपछि एकै महिना २९ अर्बले बढ्यो सरकारले लिएको ऋण लागत


डलर महँगिएपछि एकै महिना २९ अर्बले बढ्यो सरकारले लिएको ऋण लागत

गत असार अन्त्ययता प्रतिडलरको मूल्य पाँच रूपैयाँ ७८ पैसाले बढेको छ।

असार अन्त्यमा एक डलर किन्न १ सय ३४ रूपैयाँ ०६ पैसा तिरिरहेका नेपालीहरूले पुसअन्त्यमा १ सय ३९ रूपैयाँ ८४ पैसा तिर्नुपर्ने अवस्था आयो।

भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि कमजोर भएको हो। किनभने नेपाली मुद्राको विनिमय दर सोझै डलरसँग तोकिएको छैन। डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ भने कमजोर हुँदा कमजोर। 

नेपाली मुद्रा कमजोर हुँदा विभिन्न क्षेत्रमा प्रभाव पर्छ। डलरमा आयात हुने वस्तुहरूको मूल्य बढ्छ। यसले नेपालमा पनि मूल्य वृद्धि बढ्ने सम्भावना हुन्छ।

Read More