२५ करोडसहित समातिएका लामा सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए


२५ करोडसहित समातिएका लामा सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए

काठमाडौँ — काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको छ ।

ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँसहित उनलाई गएराति प्रहरीले टोखा नगरपालिका-२ झोरबाट पक्राउ गरेको थियो । लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का हुन् ।

Read More