काठमाडौं । पाँच वर्षे कार्यकाल यही चैत २४ गते समाप्त हुन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी आज मंगलबारदेखि औपचारिक विदामा बसेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार अधिकारीले आफ्नो कार्यकाल समाप्त हुनुअघि १० दिनका लागि बिदा लिएका छन् ।
परम्परागत रूपमा राष्ट्र बैंकका गभर्नरहरूले अवकाशअघि एक महिनासम्म बिदा बस्ने चलन भए पनि अधिकारीले छोटो अवधि मात्र बिदा लिएका छन् । उनको अनुपस्थितिमा डेपुटी गभर्नर नीलम ढुंगानाले कामु गभर्नरको जिम्मेवारी सम्हाल्ने छिन् ।


