पाथीभरा केबलकार निर्माणमा आन्दोलनरत पक्षबाट उठाइएका माग सम्बोधन गर्न सरकार तयार छ - गृहमन्त्री

पाथीभरा केबलकार निर्माणमा आन्दोलनरत पक्षबाट उठाइएका माग सम्बोधन गर्न सरकार तयार छ - गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद सरकारले शान्तिपूर्ण वार्ताबाट समाधान गर्न चाहेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले नो केबलकार पक्षसँग वार्ता गर्न गृहमन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको बताए । उनले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीयहरूको समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

Read More