नागरिक लगानी कोषले गर्‍यो पुस मसान्तसम्म साढे २ खर्ब बढी लगानी


नागरिक लगानी कोषले गर्‍यो पुस मसान्तसम्म साढे २ खर्ब बढी लगानी

काठमाडौं : नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पुस मसान्तसम्म साढे २ खर्बभन्दा बढी लगानी गरेको छ। 

कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनाहरूमा २ खर्ब ६४ अर्ब ७८ करोड लगानी गरेको बताए।

सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको उनले बताए। उनले आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुराउनका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए।

Read More