४ चैत, काठमाडौं । गत आर्थिक वर्षयता फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६.०६ प्रतिशत बढेको छ ।
नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म बैंकहरूको कुल कर्जा ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म यस्तो कर्जा ४५ खर्ब ७३ अर्ब १६ करोड थियो ।
फागुनमा वाणिज्य बैंकहरुले थप २२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ मसान्तसम्म बैंकहरुको कुल कर्जा ४८ खर्ब २७ अर्ब ८५ करोड थियो ।


