ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ अन्तिम दिनसम्म कति पर्यो आवेदन ?


ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । आज अन्तिम दिन (चैत ३ गते) साँझ ५ः०७ बजेसम्ममा १९ लाख ८५ हजार ६६३ जना सर्वसाधारण आवेदकहरुले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा १६.०२२ गुणा बढी हो ।

ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ । 

Read More