काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ । योसँगै विधेयकमाथि छलफल हुने बाटो खुलेको छ ।
विधेयकमाथि संशोधन प्रस्ताव राख्न पनि समय खुला गरिएको छ । सभामुख देवराज घिमिरेले संशोधनका लागि सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको विधेयक शाखामा सम्पर्क राख्न सांसदहरूलाई भनेका छन् ।


