नेप्सेको सीईओका लागि पाँच जनाको नाम सर्टलिस्ट,को–को परे ?


नेप्सेको सीईओका लागि पाँच जनाको नाम सर्टलिस्ट,को–को परे ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ।

अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेप्सेको सीईओका लागि परेका १० आवेदकमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको हो। 

सर्टलिस्ट सूचीमा समावेश हुनेमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्। उनीहरूलाई शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कन गर्दा सबैभन्दा बढी अंक प्राप्त गरेकाले सर्टलिस्ट गरिएको समितिले जानकारी दिएको छ।

Read More