नेपाल बीमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबीसम्बन्धी उजुरीहरू सुनुवाइ गर्न इजलास सञ्चालन गर्ने भएको छ ।
गत फागुन २७ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाइ गर्न प्राधिकरणको भवनमा इजलास सञ्चालन गर्ने निर्णय गरेको हो।
यसको लागि बैठकले भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ।


